काठमाडौं – बैंकहरूको कर्जा असुली प्रभावित हुँदा कर्जाको जोखिमको दबाब थपिँदै गइरहेको छ । यसले बैंकको वित्तीय विवरणलाई नै असर पारेको छ । नेपाल राष्ट्र बैंकले कर्जा खराब हुँदा बैंकले जोखिम बहन गर्न सक्ने गरी कर्जा नोक्सानी व्यवस्था (प्राेभिजनिङ)को लागि निश्चित रकम छुट्याउनुपर्ने व्यवस्था गरेको छ । जोखिमका आधारमा छुट्याइने कर्जा नोक्सानी व्यवस्था भने बढ्दै गइरहेको तथ्यांकले देखाएको छ ।
आर्थिक वर्ष ०८०/८१ को सोहि अवधिमा बैंक तथा वित्तीय संस्थाहरूले ८५ अर्ब २० करोड रहेको प्रोभिजन राखेका थिए । जबकि बैंक तथा वित्तीय संस्थाले २०७९ मा २५ अर्ब ३६ करोड मात्रै प्रोभिजनका लागि छुट्याएका थिए ।
राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो महिना साउनमा बैंक तथा वित्तीय संस्थाको ३३ करोड बढी प्रोभिजन थपिएको छ । गत आर्थिक वर्ष ०८१/८२ को असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूले ८९ अर्ब ४७ करोड रुपैयाँ बराबर प्रोभिजनका लागि छुट्याएका थिए ।
आर्थिक वर्ष ०८०/८१ को सोहि अवधिमा बैंक तथा वित्तीय संस्थाहरूले ८५ अर्ब २० करोड रहेको प्रोभिजन राखेका थिए । जबकि बैंक तथा वित्तीय संस्थाले २०७९ मा २५ अर्ब ३६ करोड मात्रै प्रोभिजनका लागि छुट्याएका थिए ।
बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष उपेन्द्र पौड्याल बैंकहरुको व्यवसायको मात्रा घट्दा नाफा प्रभावित हुने गरेको बताउँछन् । विगत एक वर्षदेखि बैंकहरुको ‘स्प्रेडरेट’ क्रमशः घट्दा ब्याज आम्दानी खुम्चिएको बताए।
जसको प्रमुख कारण भनेको बैंकहरूको प्रोभिजन पनि क्रमशः बढिरहेको उनको भनाइ छ । चालु आर्थिक वर्षको साउन मसान्तसम्ममा वाणिज्य बैंकहरूको मात्रै ७४ अर्ब बढी प्रोभिजनका लागी छुट्याएका छन् । यस्तै, साउन मसान्तसम्ममा विकास बैंकहरुले १३ अर्ब बढी र फाइनान्स कम्पनीहरूले १ अर्ब बढी रकम प्रोभिजनिङका लागि छुट्याएका हुन् ।
खुकुलो नीतिले पनि घटाएन प्रोभिजनिङ
यता, नेपाल राष्ट्र बैंकले असल कर्जामा गरिने नोक्सानी व्यवस्था प्रोभिजन सम्बन्धी नयाँ व्यवस्थाले प्रोभिजनमा केही कमी आउनुपर्नेमा वृद्धि देखिएको हो । राष्ट्र बैंकले असल कर्जामा कर्जा नोक्सानी व्यवस्था घटाएर बैंक तथा वित्तीय संस्थाले असल वर्गमा वर्गीकरण भएको कर्जामा १.१ प्रतिशत मात्रै कर्जा नोक्सानी व्यवस्था गरे हुने व्यवस्था गरेको छ । यसअघिको असल वर्गमा वर्गीकरण भएको कर्जामा १.२ प्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्नुपर्ने व्यवस्था लाई संशोधन गर्दा पनि बैंक तथा वित्तीय संस्थाको प्रोभिजनमा भने कमी आउन सकेको छैन ।
अर्थतन्त्र चलायमान हुन नसक्दा बैंकहरूको खराब कर्जा बढेको बढ्यै छ । खराब कर्जाको ओरालो यात्रा सुरु हुनुपर्नेमा उकालो यात्रा नै जारी छ । बैंकहरूले लोन रिकभरी गर्न नसक्दा प्रोभिजन पनि बढिरहेको छ ।
अर्थतन्त्र चलायमान हुन नसक्दा बैंकहरूको खराब कर्जा बढेको बढ्यै छ । खराब कर्जाको ओरालो यात्रा सुरु हुनुपर्नेमा उकालो यात्रा नै जारी छ । बैंकहरूले लोन रिकभरी गर्न नसक्दा प्रोभिजन पनि बढिरहेको छ ।
नाफा मै देखियो असर
बैंक तथा वित्तीय संस्थाको प्रोभिजन बढ्दा नाफा पनि प्रभावित बनेको छ । चालु आर्थिक वर्ष ०८२/८३ मा सञ्चालनमा रहेका २० वाणिज्य बैंकले ८ अर्बभन्दा बढीको नाफा आर्जन गरेका हुन् । राष्ट्र बैंकको तथ्यांकअनुसार साउनमा २० वटा वाणिज्य बैंकहरूले ८ अर्ब ३८ करोड २९ लाख ६० हजार रुपैयाँ खुद नाफा कमाएका हुन् । जबकि आर्थिक वर्ष ०८१/८२ को साउन महिनामा ९ अर्ब १७ करोड रुपैयाँ बराबरको नाफा कमाएका थिए ।
बैंकहरूको मुख्य आम्दानीको स्रोत ब्याज आम्दानीमा पनि गिरावट देखिएको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार आर्थिक वर्ष ०८२/८३ मा सञ्चालनमा रहेका २० वाणिज्य बैंकले ३९ अर्ब मात्रै खुद ब्याज आम्दानी गरेका छन् । जबकि आर्थिक वर्ष ०८१/८२ को साउन महिनामा वाणिज्य बैंकहरूले ४६ अर्ब बढी खुद ब्याज आम्दानी गरेका थिए ।






About Us
प्रतिक्रिया