जेनजीको प्रदर्शनमा मृत्यु हुनेको संख्या पाँच पुग्यो


काठमाडौं – काठमाडौंमा भइरहेको जेनजीको प्रदर्शनमा गोली लागेर मृत्यु हुनेहरुको संख्या पाँच पुगेको छ । काठमाडौं स्थित नयाँ बानेश्वरमा भइरहेको जेनजीको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर पाँच जनाको निधन भएको हो ।

जेनजी प्रदर्शनका क्रममा घाइते भएकाहरूमध्ये ट्रमा सेन्टरमा चार जनाको मृत्यु भएको हो । यसअघि सिभिल हस्पिटलमा उपचारका क्रममा एक जनाको मृत्यु भएको थियो ।