नेप्सेको अध्यक्षमा बस्याल र नेपाल पुर्नबीमाको अध्यक्षमा पौडेल


काठमाडौं । अर्थमन्त्रालयले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को अध्यक्षमा हेमन्त बस्याललाई नियुक्त गरेको छ । मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट बस्याल नेप्सेको अध्यक्षमा नियुक्त भएका हुन् ।

यसैगरी, मन्त्रालयले नेपाल पुर्नबीमा कम्पनीको अध्यक्षमा सुरेन्द्र पौडेललाई नियुक्त गरेको छ । नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशकको समेत भूमिकामा रहसिकेका पौडेललाई अध्यक्षको जिम्मेवारी दिएको हो ।