काठमाडौं – सरकारले आजदेखि बन्द गर्ने भएको फेसबुक युट्युब, इन्स्टाग्राम, व्हाटसप लगायत २६ सामाजिक सञ्जाल दर्ता हुन आए तत्काल सञ्चालन हुने बताएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दर्ता हुन आए सामाजिक सञ्जालहरु पुन सञ्चालन हुने उल्लेख गरेको हो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बसेको बैठकले बिहीबारदेखि नै लागू हुनेगरि सामाजिक सञ्जाल प्लेटफर्मलाई निष्क्रिय पार्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको हो । नेपाल दूरसञ्चार प्राधिकरणले मन्त्रालयको निर्देशनबमोजिम समाजिक सञ्जाल बन्द गर्नेछ ।



About Us
प्रतिक्रिया