मल्टीपर्पस फाइनान्सको सीईओमा सिंह पुनः नियुक्त


काठमाडौं –  मल्टीपर्पस फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रजनीश कुमार सिंह पुनः नियुक्त  भएका छन्। संस्थाको भदौ १७ गते बसेको सञ्चालक  समितिको ४४७ औँ बैठकको निर्णयअनुसार सो पदमा सिंह पुनः नियुक्त भएका हुन् । 

सिंह सो पदमा ४ वर्षको कार्यकालका लागि भदौ २५ गतेदेखि लागू हुने गरी नियुक्त भएका छन् ।