काठमाडौं – विकास हाईड्रोपावर कम्पनी लिमिटेडले असोज १० गते चौथो वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको भदौ १५ गते बसेको सञ्चालक समितिको बैठकले सो सभा काठमाडौंकाे नयाँबजारमा रहेको सासा ब्याङक्वेट एण्ड इभेन्ट म्यानेजमेन्टमा बिहान ९ बजे बोलाएको हो ।
सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र नियमनकारी निकायबाट कुनै संशोधन गर्न निर्देशन भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।
यस्तै, सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित आव २०८१/८२ सम्मको वासलात, नाफा नोक्सान हिसाब तथा सोही अवधिको नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका विवरणहरु माथि छलफल गरी पारित गर्ने, सञ्चालक समितिले गरेका कार्य तथा निर्णयहरु अनुमोदन गर्ने र संस्थागत सुशासन सम्बन्धी प्रतिवेदन पारित गरिनेछ ।
सभामा कम्पनीको नियमावलीमा भएको व्यवस्थाबमोजिम सर्वसाधारण समूहतर्फको ३ जना सञ्चालकको निर्वाचन गर्ने र चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित हुनेछ ।
त्यस्तै, कम्पनी ऐन २०६३ को दफा १११ अनुसार आव २०८२/८३ को लागि लेखापरिक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीले उक्त सभा प्रयोजनका लागि भदौ २४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । जसमा भदौ २३ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने शेयरधनीहरु मात्रै कम्पनीको सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।



About Us
प्रतिक्रिया