प्रतिलिटर ४ रुपैयाँ घट्यो डिजेलको मूल्य, पेट्रोलको यथावत


काठमाडौं । नेपाल आयल निगमले डिजेलको मूल्य प्रतिलिटर ४ रुपैयाँले घटाएको छ । इण्डियन आयल कर्पोरेशन (आईओसी)बाट मूल्य घटेर आएपछि निगमले आजदेखि लागू हुनेगरी मूल्य घटाएको हो ।

निगमका अनुसार डिजेलसँगै मट्टितेलको मूल्य प्रतिलिटर ४ रुपैयाँले घटेको छ । तर, पेट्रोलको मूल्य भने यथावत कायम छ । आईओसीले प्रतिलिटर ०.२१ रुपैयाँ घटाएर पठाएपछि पेट्रोलको मूल्य नघटाएको निगमले जनाएको छ ।

यसबाहेक, आन्तरिकतर्फ हवाई इन्धनको मूल्य प्रतिलिटर १ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर ७ अमेरिकी डलरले घटेको छ ।