काठमाडौं – सेन्ट्रल फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को शाखा सम्मेलन तथा ‘क्रेडिट मूल्यांकन र क्रेडिट जोखिम विश्लेषणका आधारभूत पक्ष’ सम्बन्धी तालिम सम्पन्न गरेको छ।
भदौ १३ र १४ गते (२०२५ अगस्ट २९–३०) का दिन काठमाडौंको बूढानीलकण्ठस्थित होटल होलिडे इन रिसोर्टमा सम्पन्न सो कार्यक्रममा कम्पनीका शाखा प्रमुख तथा कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत (सीईओ) रजोज मान श्रेष्ठको नेतृत्वमा व्यवस्थापकीय निर्देशनका साथै क्रेडिट जोखिम व्यवस्थापनसम्बन्धी प्रशिक्षण प्रदान गरिएको थियो।

तालिममार्फत ऋण प्रवाहका क्रममा अपनाउनुपर्ने सावधानी, क्रेडिट मूल्यांकनका विधि तथा वित्तीय जोखिम न्यूनीकरणका उपायहरूबारे विस्तृत प्राविधिक सत्र सञ्चालन गरिएको कम्पनीले जनाएको छ।

कम्पनीले यस्ता किसिमका तालिम र सम्मेलनले शाखास्तरमा कार्यरत कर्मचारीहरूको दक्षता वृद्धि हुने तथा ग्राहकलाई अझ सुरक्षित र दिगो वित्तीय सेवा प्रदान गर्न सहयोग पुग्ने विश्वास लिएकाे छ ।




About Us
प्रतिक्रिया