सिईडिबि होल्डिङ्ग्सका सञ्चालक नेपालले दिए राजीनामा


काठमाडौं – सिईडिबि होल्डिङ्ग्स लिमिटेडको सञ्चालक रमेश प्रसाद नेपालले राजीनामा दिएका छन् । नेपालले आफ्नो व्यक्तिगत कारण देखाई सो पदबाट राजीनामा दिएका हुन् ।

कम्पनीको भदौ ११ गते बसेको सञ्चालक समितिको बैठकले नेपालको राजीनामा यसै मितिदेखि लागू हुने गरी स्वीकृत गरेको हो। साथै, उक्त रिक्त रहेको पदमा संगिता रौनियारलाई नियुक्त गर्ने कम्पनीले निर्णय गरेको छ ।