आयातसँगै बढ्दैछ निर्यात, एक महिनामा १ खर्ब बढीको आयात


काठमाडौं – नेपालले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना साउनमा १ खर्ब ४३ अर्ब बढीको आयात गरेको छ । गत आर्थिक वर्ष भने नेपालले यो समयमा १ खर्ब २८ अर्बको वस्तु तथा सामान आयात गरेको थियो । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक वर्षको तुलनामा यो आयात ११.४२ प्रतिशतले बढी हो ।

यता, नेपालले गर्ने आयातसँगै निर्यातमा पनि सुधार आएको छ । गत वर्ष १२ अर्ब २२ करोड बढीको वस्तु तथा सामान निर्यात गरेको नेपालले यस वर्षको पहिलो महिनामा २३ अर्ब ९३ करोड निर्यात गरेको हो । साउनमा सबैभन्दा धेरै कच्चा भटमासको तेल १० अर्ब ८० करोड ९५ लाख ७० हजार रुपैयाँको आयात भएको छ। जसबाट २५ करोड ३० लाख ४७ हजार रुपैयाँ राजस्व संकलन भएको विभागको तथ्यांकले देखाउँछ ।

यस्तै, साउनमा धेरै मूल्यको आयात भएको वस्तुको सूचीमा दोस्रो नम्बरमा डिजेल रहेको छ । साउनमा ५ अर्ब ८८ करोड ७७ लाख ५९ हजार रुपैयाँको डिजेल आयात भएको छ।