गरिमा क्यापिटलले बोलायो १०औँ वार्षिक साधारण सभा


काठमाडौं – गरिमा क्यापिटल लिमिटेडले शेयरधनीहरुलाई भदौ २७ गते १० औं वार्षिक साधारण सभामा बोलाएको छ । कम्पनीको भदौ ४ गते बसेको सञ्चालक समितिको ८२ औं बैठकले उक्त सभा लेमन ट्रि प्रिमियर होटल, बुढानीलकण्ठमा दिउसो ३ बजेबाट बस्ने निर्णय गरेको हो ।

कम्पनीले उक्त सभाबाट आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने त्यस्तै, आर्थिक वर्ष २०८२/८३ को लागि बाहृय लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने साथै, संस्थापक शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने चार ४ जना सञ्चालकको निर्वाचन गर्ने जनाएको छ ।