डिशहोम र इला होटल एन्ड रिसोर्टबीच छुट सम्बन्धी सम्झौता


काठमाडौं – डिशहोमले आफ्नो भर्चुअल प्रिभिलेज कार्डमार्फत इला होटल एण्ड रिसोर्ट्ससँग साझेदारी गरेको छ। यस साझेदारीमार्फत सक्रिय डिशहोम ग्राहकहरूले फूड एण्ड बेभरेज तथा आवासमा १५ प्रतिशत स्थिर छुट पाउने भएका हुन्।

आईएमई हस्पिटालिटी द्वारा सञ्चालित र व्यवस्थापन गरिएको प्रिमियम आतिथ्य ब्रान्ड इला होटल एण्ड रिसोर्ट्सले इला होटल एण्ड रिसोर्ट, मौलाकाली, आइटा कम्फर्ट होटल, बागलुङ र इला कम्फर्ट, गैँडाकोट–१२, हरकपुरमा सञ्चालन गरिरहेको छ।

उत्कृष्ट आतिथ्य सेवा, स्वादिष्ट भोजन र आरामदायी आवासका लागि प्रसिद्ध यस ब्रान्डसँगको साझेदारीले डिशहोम ग्राहकहरूले छुटसहितको लक्जरी अनुभव लिन सक्ने अवसर प्रदान गर्ने बताइएको छ।

अफरमा खासगरी फूड एण्ड बेभरेज तथा आवासमा १५ प्रतिशत स्थिर छुट, मौलाकाली, बागलुङ र गैँडाकोटका सबै इला होटल एण्ड रिसोर्ट्स आउटलेटमा मान्य र केवल माइ डिशहोम एपमार्फत सक्रिय ग्राहकहरूका लागि उपलब्ध रहेको छ।

छुट लिनका लागि माइ डिशहोम एप प्ले स्टोर वा एप स्टोरबाट डाउनलोड गरी आवश्यक प्रक्रिया पूरा गर्नुपर्नेछ। इला होटल एण्ड रिसोर्ट्सका सीईओ प्रशन्न अधिकारी र डिशहोमका चिफ, न्यु प्रोडक्ट डेभ्लपमेन्ट एन्ड इन्टिग्रेसन अफिसर सबिन महर्जनले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।