हबिबले हिमालयन बैंकको शेयर नेसनल लाइफलाई बिक्री गर्ने प्रक्रिया अन्तिम चरणमा


काठमाडौं – पाकिस्तानको हबिब बैंकले हिमालयन बैंकमा रहेको शेयर नेसनल लाइफ इन्स्योरेन्सलाई बेच्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । गत जेठमा नै हिमालयनबाट बाहिरिने निर्णय गरेको हबिबको शेयर कब्जा गर्ने हिमालय रिइन्स्योरेन्सको रणनीति ‘लिक’ भएको थियो ।

कतिसम्म भने हिमालयन रि समूहका व्यवसायीले राजस्व सचिव दिनेशकुमार घिमिरेमार्फत कर्मचारी सञ्चय कोषलाई उक्त शेयर उठाउन नदिने निर्णय गराउन लगाएका थिए । त्यो समूहको रणनीति बाहिरिएलगत्तै अर्काे संस्थापक शेयरधनी नेसनल लाइफ इन्स्योरेन्सले अन्तिम घडीमा हबिबको शेयर किन्न आवेदन हाल्यो । शेयर किन्ने नेसनल लाइफको प्रस्तावलाई हबिबले स्वीकार गरिसकेको छ ।

यो पटक भने हबिबका नाममा रहेको शेयर बिक्री गर्ने काम करिब अन्तिम चरणमा पुगेकाले बैंक हिमालयनबाट बाहिरिन सक्ने सम्भावना देखिएको छ ।

हबिबले विगतमा नै हिमालयनबाट बाहिरिने तयारी गरेको थियो । तर, विभिन्न कानूनी र नीतिगत व्यवस्थाका कारण हिमालयनबाट बाहिरिन पटक–पटक प्रयास गर्दा पनि सफल हुन सकेन । यो पटक भने हबिबका नाममा रहेको शेयर बिक्री गर्ने काम करिब अन्तिम चरणमा पुगेकाले बैंक हिमालयनबाट बाहिरिन सक्ने सम्भावना देखिएको छ ।

हिमालयन बैंकमा हबिब २ करोड ८० लाख १२ हजार ४ सय ४७ कित्ता शेयर छ । हबिब बैंकले उक्त शेयर प्रतिकित्ता १ सय १२ रुपैयाँ ८० पैसाका दरले बिक्री गर्न लागेको हो । जेठमा नै हिमालयनले शेयर बिक्रीमा रहेको सूचना निकालेको थियो । जसमा हिमालयन रिइन्स्योरेन्स कम्पनीले खरीद गर्ने प्रयास गरिरहेको थियो । तर, संस्थापक शेयरधनीले नै खरिद गर्न प्रस्ताव पेस गरेसँगै हिमालयन रिइन्स्योरेन्स कम्पनीले हिमालयनको शेयर खरिद गर्न नसकेको हो ।

हाल हिमालयन बैंकमा नेशनल लाइफको १.२५ प्रतिशत शेयर छ ।

हबिब बैंक र हिमालयन रिइन्स्योरेन्सबीच शेयर खरिद बिक्री सम्झौता भएर पूर्व सहमतिका लागि राष्ट्र बैंकमा समेत पेश गरिएको थियो ।तर, बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ र राष्ट्र बैंकको एकीकृत निर्देशन, २०८१ अनुसार संस्थापक शेयरको बिक्रीमा पहिलो प्राथमिकता संस्थापक समूहलाई नै दिनुपर्ने हुन्छ । संस्थापक समूहबाट निवेदन नआए मात्र अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्ने व्यवस्था छ । जसकारण पनि हिमालयन रिले हिमालयन बैंकको संस्थापक शेयर खरीद गर्न नसकेको हो । हाल हिमालयन बैंकमा नेशनल लाइफको १.२५ प्रतिशत शेयर छ ।

तर, हबिब बैंकले आफ्नो नाममा रहेको हिमालयन बैंकको संस्थापक शेयर नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलाई बिक्री गर्न सहमति जनाइसकेको छ । हबिबको २ करोड ८० लाख १२ हजार ४ सय ४७ कित्ता शेयर नेशनल लाइफले प्रतिकित्ता ११८ रुपैयाँ ८८ पैसाको दरमा खरिद गर्ने प्रस्ताव राखेको थियो । त्यसलाई नै हबिबले स्वीकारेको हो । हिमालयन बैंकले जेठ ३० गते निकालेको सेयर बिक्रीको सूचनामा न्यूनतम मूल्य प्रतिकित्ता ११२ रुपैयाँ ८० पैसा तोकिएकोमा नेसनल लाइफले ६ रुपैयाँ ८ पैसा बढी प्रस्ताव गरेको हो । जसरकारण पनि हिमालयनको शेयर नेसनल लाइफाले खरिद गर्न प्रक्रिया अघि बढेको हो ।

पटक–पटक बाहिरिने प्रयास
हिमालयन बैंकबाट हबिबले यसअघि दुईपटक आफ्नो शेयर बेच्ने प्रयास गरेको थियो । तर, दुई पटक नै शेयर बेच्न असफल भएपछि हबिकले तेस्रोपटक फेरि शेयर बिक्री प्रक्रिया अघि ल्याएको हो । हबिबले २०७६ सालमै पनि हिमालयनमा भएको आफ्नो शेयर बिक्री गर्न चाहेको थियो । सोहिअनुसार हिमालयनले सेयरधनीले मात्रै खरिद गर्न पाउँनेगरी सूचना प्रकाशन गर्यो । तर, आवेदन परेन । सो समयमा हिमालयनले बेलायतको कमनवेल्थ डेभलपमेन्ट कर्पोरेशन (सीडीसी) सँग शेयर बिक्री सम्झौता गरेको थियो । तर, हिमालयन बैंकले सीडीसीसँग शेयर खरिदबिक्री गर्ने अन्तिम निर्णयमा पुग्दा तत्कालीन बैंक अध्यक्षले विरोध गरेपछि सो प्रक्रिया अघि बढ्न सकेन।

२०८० मा नेपाल राष्ट्र बैंकले प्रक्रिया पूरा गरेमात्रै शेयर बेच्न पाउने बताएको थियो ।

त्यसको चार वर्ष पनि हिमालयन बैंकले २०८० मंसिरमा हबिबको नाममा रहेको शेयर हिमालयन रिइन्स्योरेन्सलाई बेच्नेगरी नेपाल राष्ट्र बैंकमा निवेदन दर्ता गराएको थियो । तर, त्यो समयमा प्रक्रिया पूरा नभएको भन्दै सो प्रक्रिया रद्ध गरेको थियो । हबिब र हिमालयन रिबीच प्रतिकित्ता १३० रुपैयाँमा शेयर किनबेच सम्झौता भएपनि राष्ट्र बैंकले स्वीकृति नदिँदा त्यो पटक हबिब असफल भएको थियो ।

२०८० मा नेपाल राष्ट्र बैंकले प्रक्रिया पूरा गरेमात्रै शेयर बेच्न पाउने बताएको थियो । त्यसपछि हिमालयनले आफ्नो हिसाबले सबै प्रक्रिया मिलाएर नेसनल लाइफलाई बेच्नेगरी राष्ट्र बैंकमा निवेदन दर्ता गर्ने तयारीमा छ । नेसनल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृति (सीईओ) सुरेशप्रसाद खत्री बैंकमा शेयर बढाउन सके कम्पनी कै ग्रोथ हुने हिसाबले बैंकमा लगानी गर्न चाहेको बताए । ‘हाल बजारमा जुन मन्दीको अवस्था छ । यस्तो समयमा प्रमोटर सेयरधनीको हिसाबले त्यस्तो शेयर बढाउन सके राम्रो हुन्छ भन्ने हिसाबले आवेदन दिएका हौं ।’