सुनका गरगहना चोरी भएको भन्दै झुट्टा सूचना दिने महिलालाई प्रहरीले गर्यो कारबाहीमा


काठमाडौं — आफ्नो घरबाट ४ थान सुनका गरगहना चोरी भएको भनी दिएको झुटा सूचना दिने एक जनालाई प्रहरीले कारबाही गरेको छ । स्याङ्जाको फेदिखोला गाउँपालिका–१ चारघरेकी देवी कुमारी गुरुङले प्रहरीलाई झुटा सूचना दिएको खुलेको हो ।

साउन २७ गते दिउँसो जिल्ला प्रहरी कार्यालय स्याङ्जामा परेको उजुरीका आधारमा प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान गर्दा हराएको भनिएको सुनमध्ये ३ थान मिति साउन २८ गते नै गुरुङकै घरभित्रै फेला परेको हो। बाँकी गरगहनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले झुट्टा उजुरी दिएर अनावश्यक रूपमा प्रहरीको स्रोत साधन खेर फालिने भएकाले आफ्नो सम्पत्ति चोरी नभएको अवस्थामा त्यस्तो उजुरी नगर्न सबैलाई अनुरोध गरेको छ।