दोर्दी खोला हाइड्रोपावरकी सञ्चालक श्रेष्ठले दिइन् राजीनामा 


काठमाडौं – दोर्दी खोला हाइड्रोपावरकी सञ्चालक अञ्जना श्रेष्ठले राजीनामा दिएकी छिन् । श्रेष्ठले आफ्नो व्यक्तिगत कारण देखाई सो पदबाट राजीनामा दिएकी हुन् । 

कम्पनीको साउन २९ गते आज बसेको सञ्चालक समितिको बैठकको निर्णयले आजकै मितिदेखि लागू हुने गरी श्रेष्ठको राजीनामा स्वीकृत गरेको छ ।