पशुपति आर्यघाटमा जलिरहेको लासबाट हड्डी खरिद गरेको आरोपमा दुई जना पक्राउ


काठमाडौं – पशुपतिको आर्यघाटमा जलाउन लागिएको शवबाट हड्डी किनेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका–२ स्थायी घर भई हाल काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–१२ कपन बस्ने ४२ वर्षीय राम नन्दन ठाकुर र सप्तरी बलानबिहुल गाउँपालिका– ६ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–७ गौरीघाट बस्ने ४१ वर्षीय मिश्रीलाल यादव रहेका छन् ।

यसअघि शवबाट हड्डी निकालेर किनबेच गर्ने गिरोहमा संलग्न रहेको आरोपमा अभियोगमा गणेशप्रसाद ढकाल भन्ने जीवनाथ ढकाल र विनायक मैनालीलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइसकेको छ । पक्राउ परेका ठाकुरको साथबाट प्लास्टिकमा पोको पारिराखेको अवस्थामा हड्डीको धुलो र खरानी जस्तो देखिने वस्तु बरामद भएको प्रहरीले जनाएको छ ।

घाटे बाहुन ढकालले काभ्रे बनेपा – ९ का राम शाहीकाे शवबाट मासु र हड्डी निकालेका थिए । उनीहरूले उक्त हड्डी र खरानी तत्कालै राम नन्दन ठाकुरलाई बिक्री गरेको प्रहरीले जनाएको छ। घटनापछि प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले खोजतलास गर्दै साउन २३ गते नै ढकाल ६१ वर्षीय र मैनाली २४ वर्षीय लाई पक्राउ गरेको थियो ।

सुरुमा मृतकका आफन्तहरूले दिएको उजुरीका आधारमा उनलाई अभद्र व्यवहारसम्बन्धी कसुरमा नियन्त्रणमा लिइएको थियो। प्रहरीले राम नन्दन ठाकुरको साथबाट प्लास्टिकमा राखिएको हड्डीको धुलो र खरानी जस्तो देखिने पदार्थ समेत बरामद गरेको छ। हाल चारै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।