महुली लघुवित्तमा राेजगारीकाे अवसर


काठमाडौं – महुली लघुवित्त वित्तीय संस्थाले २ पदका लागि केही संख्यामा कर्मचारी माग गरेको छ । संस्थाले वरिष्ठ सहायक र कनिष्ठ सहायक पदका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । 

सो पदका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट प्रवीणता प्रमाणपत्र तह वा प्लस टु गरेको साथै, दुई पाङ्ग्रे सवारी साधन सहित लाइसेन्स भएको बैंक तथा वित्तीय संस्थामा काम गरेको अनुभवी व्यक्तिले उक्त पदमा आवेदन दिन सक्नेछन् ।

इच्छुकले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।