विद्युत नियमन आयोगबाट मन्दाकिनी हाइड्रोपावरले पायो हकप्रद शेयर ल्याउने स्वीकृति


काठमाडौं – मन्दाकिनी हाइड्रोपावर कम्पनीले विद्युत नियमन आयोगबाट हकप्रद शेयर ल्याउने स्वीकृति पाएको छ । आयोगले साउन २७ गते पत्र पठाउँदै कम्पनीलाई हकप्रद जारी गर्न स्वीकृति दिएको हो।

आयोगले कम्पनीलाई ४२ करोड ९४ लाख २४ हजार २५०.३० रुपैयाँबराबरको हकप्रद शेयर जारी गर्न स्वीकृति दिएको छ । अब कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन) मा हकप्रद शेयर निष्कासनको लागी निवेदन दिनेछ ।