प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले कर्मचारी माग्यो, एसएलसी पास गरेकाले पनि आवेदन दिन पाउने


काठमाडौं – प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनीले विभिन्न ६ पदका लागि कमर्चारी माग गरेको छ । कम्पनीले बजार विभाग प्रमुख, जोखिमांकन प्रमुख, सहयोगी कमर्चारी, प्रबन्धक गरी ४ पदमा १/१ जनाको संख्यामा कमचारी माग गरेको छ भने, अधिकृतस्तर बजार विभाग र सहाय स्तर (बजार विभाग) पदमा केही संख्यामा कर्मचारी माग गरेको हो ।

उक्त पदमा आवेदन दिन इच्छुक योग्य व्यक्तिले कार्य योग्यतासहितको कम्पनीको इमेल ठेगानामा सूचना प्रकाशित भएको मितिले १५ दिनभित्रमा आवेदन दिन सक्नेछन् । आवेदकले सम्पूर्ण पदका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट न्यूनतम स्नातक तह उत्तीर्ण गरी निर्जीवन बीमा क्षेत्रमा अधिकृत स्तरमा कम्तीमा ३ वर्ष काम गरेको २१ वर्ष पुरा भई ४५ ननाघेको व्यक्तिले आवेदन दिन सक्नेछन् ।

त्यसैगरी सहयोगी कर्मचारी पदका लागि एसएलसी वा सो सरहको परीक्षा उत्तीर्ण गरेको दुई पाङग्रे सवारी साधनसहित १८ वर्ष पुरा भई ४० वर्ष ननाघेका व्यक्ति आवेदन दिन योग्य हुने कम्पनीले जनाएको छ ।