४० जना एमएस उत्तीर्ण प्रहरी अधिकृतका लागि ९० घण्टे अरबी भाषा तालिम सम्पन्न


काठमाडौं – ४० जना एमएस उत्तीर्ण प्रहरी अधिकृतहरूका लागि संयुक्त अरब इमिरेट्स सरकारको सहयोग र संयुक्त राष्ट्रसङ्घ (युन) एलसिएमको समन्वयमा सञ्चालित ९० घण्टे अरबी भाषा तालिम सम्पन्न भएको छ।

कार्यक्रमले नेपाल, युएइ र संयुक्त राष्ट्रसंघबीचको त्रिपक्षीय सहकार्यलाई अझ सुदृढ गरेको आयोजकहरूको भनाइ छ। यस तालिमबाट सहभागी प्रहरी अधिकृतहरू अरबी भाषी राष्ट्रसंघीय मिसनहरूमा प्रभावकारी रूपमा परिचालन गर्न सक्षम हुने विश्वास लिइएको छ।

उक्त तालिमले भाषिक दक्षता मात्र नभई अन्तर्राष्ट्रिय दायित्व पूरा गर्न आवश्यक सांस्कृतिक तथा व्यावसायिक सीप विकासमा पनि योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।