म्याग्दीको गुर्जाखानी केन्द्रबिन्दु भएर ४.५ म्यानिच्यूडको भूकम्प


काठमाडौं – म्याग्दीमा भूकम्प गएको छ। म्याग्दीको गुर्जाखानी आसपास भएर ४.५ म्याग्निच्युडको भूकम्प मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

भूकम्पको पराकम्प म्याग्दी, पर्वत, बागलुङसहितका जिल्लामा महसुस भएको थियो। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो १ः०२ बजे भूकम्प गएको हो।