नेशनल लघुवित्तको संस्थापक शेयर बिक्रीमा 


काठमाडौं –  नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले  विद्यमान संस्थापक शेयधनीहरुका लागि संस्थापक शेयर बिक्रीमा राखेको छ ।

संस्थाले  विभिन्न १० जना संस्थापक शेयरधनीको नाममा रहेको जम्मा  ९४ हजार ८७० कित्ता संस्थापक शेयर आजदेखि बिक्रीमा राखेको हो । उक्त शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरूले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिइसक्नु पर्नेछ ।  

साथै, संस्थाले तोकिएको समयभित्र विद्यमान संस्थापक शेयरधनीबाट आवेदन नपरेमा उक्त शेयर अन्य व्यक्ति तथा कम्पनीलाई  बिक्री गरिने संस्थाले जनाएको छ ।