काठमाडौं – एनआईसी एशिया क्यापिटलले लगानीकर्तालाई आउदो भदौं १८ गते ९ औं वार्षिक साधारण सभामा बोलाएको छ ।
कम्पनीको साउन १८ गते बसेको सञ्चालक समितिको १६० औं बैठकको निर्णयअनुसार उक्त सभा कम्पनीको शेयर रजिष्ट्रार कार्यालय थापाथली काठमाडौंमा बिहान ९ बजेदेखि सुरु हुने भएको हो ।
उक्त सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम सभाबाट कम्पनीको चुक्ता पूँजीको ५० प्रतिशतका दरले १० करोड नगद लाभांश वितरण गर्न स्वीकृति गर्ने भएको छ ।
यससँगै, सो सभाबाट आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षणको सिफारीस बमोजिम लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक तोक्ने भएको छ ।



About Us
प्रतिक्रिया