तेह्रथुम पावर कम्पनीको हकप्रद शेयर बाँडफाँट


काठमाडौं – तेह्रथुम पावर कम्पनी लिमिटेडले निष्काशन गरेको हकप्रद बाँडफाँट भएको छ । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्टले साउन १८ गते (हिजो) हकप्रद शेयर बाँडफाँट गरेको हो।

कम्पनीले असार १६ गतेदेखि साउन ११ गतेसम्म १ः१ को अनुपातमा हाल कायम चुक्ता पूँजीको शतप्रतिशतले हुन आउने ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो। यस हकप्रद शेयरमा रितपुर्वक आवेदन दिने लगानीकर्तालाई ३५ लाख ८१ हजार २ सय ६२ कित्ता शेयर बाँडफाँट गरेको छ ।

साथै, कम्पनीले हकभन्दा बढीको माग गरी आवेदन दिनेको हकमा साउन २१ गतेदेखि आइपीएस मार्फत बैंक खातामा पैसा फिर्ता गर्ने जनाएको छ ।