काठमाडौं – प्रोगेसिभ फाइनान्स लिमिटेडले विद्यमान संस्थापक शेयरधनीका लागि संस्थापक शेयर बिक्रीमा राखेको छ । संस्थाले संस्थापक शेयरधनीका नाममा रहेको २ लाख १ हजार ८ सय ६७ कित्ता शेयर बिक्रीमा राखेको हो ।
उक्त, शेयर खरिद गर्न इच्छुक शेयरधनीहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्रमा सञ्चालक समिति समक्ष आवेदन दिन सक्नेछन् ।
साथै, कम्पनीले तोकेको समयावधि भित्रमा आवेदन नपरेमा उक्त शेयर कम्पनीले सर्वसाधारणमा बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।



About Us
प्रतिक्रिया