एनएमबि सरल बचत फण्ड–इको प्रतिफल वितरण गर्ने घोषणा


काठमाडौं – एनएमबि म्युचुअल फण्ड अन्तर्गतको एनएमबि सरल बचत फण्ड–ई’ ले इकाइधनीहरूलाई ४.२७ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।

एनएमबि बैंकद्वारा प्रवद्र्धित र एनएमबि क्यापिटल लिमिटेडद्वारा सञ्चालित तथा डिपोजिटरी सेवामा रहेको उक्त योजनाले असार मसान्तसम्म कायम इकाइ पूँजी ३ अर्ब ३५ करोड ९१ लाख ३२ हजार रुपैयाँ बराबरको ४.२७ प्रतिशतको कुल १४ करोड ३४ लाख ३४ हजार ९४० रुपैयाँ नगद प्रतिफल वितरण गर्ने निर्णय गरेको हो।

साउन १५ गतेसम्म कायम रहेका इकाइधनीहरूले मात्र उक्त लाभांश प्राप्त गर्ने कम्पनीले जनाएको छ ।