काठमाडौं – मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले संस्थाका सदस्य बिन्ती कुमारी थारुलाई बीमा रकम हस्तान्तरण गरेको छ । संस्थाबाट ५ लाख रुपैयाँ लघु उद्यम कर्जा लिएका सदस्य बिन्ती कुमारी थारुको श्रीमान् धनिराम थारुको मृत्यु दावी बापत ३ लाख २७ हजार रुपैयाँ राप्ती सोनारी गाउँपालिका ३ का वडाध्यक्ष मीन कुमार थारुले चेक हस्तान्तरण गरेको संस्थाले जनाएको छ ।
निजलाई सदस्य अभिभावक कर्जा बीमाअन्तर्गत उक्त बिमा रकम सूर्य लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सहकार्यमा हस्तान्तरण गरिएको बिनौना, बाकेका शाखा प्रबन्ध दीपक पौडेलले बताए ।
सदस्य बिन्ती कुमारी थारु मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखा कार्यालय बिनौना, बाकेद्वारा प्रवद्धित लघुवित्त कार्यक्रममा आबद्ध छिन् ।



About Us
प्रतिक्रिया