काठमाडौं – नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को लागि नेपालमा टोयोटाको आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डीकेटले विशेष अफर ल्याएको छ। अगस्ट ६ देखि १० तारिखसम्म भृकुटीमण्डपमा आयोजना हुने उक्त एस्क्पोमा युनाइटेड ट्रेडर्स सिन्डीकेटले टोयोटा मेगा अफर ल्याउँदैछ ।
एक्स्पोमा टोयोटाको तीन मोडल – यारिस क्रस हाइब्रिड इलेक्ट्रिक, ल्याण्ड क्रुजर २५० प्रदर्शनमा राखिनेछ । उक्त एक्स्पोमा टोयोटाको कुनै पनि बुकिंङ्ग गर्ने प्रत्येक ग्राहकले ‘मेगा डिस्काउन्ट’, ‘प्ल्याटिनम कार्ड’ साथै एक्स्पोमा बुकिंङ्ग गरिएका सवारी साधनको लागि जीवनभर पिकअप तथा ड्रप सुविधा पाउनुहुनेछ ।
स्टलमा आउने हरेक आगन्तुकले आकर्षक टोयोटा गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् । यो अफर नेपाल मोबिलिटी एक्स्पो २०२५ मा बुकिंङ्ग गर्ने ग्राहकहरुको लागि मात्रै उपलब्ध हुनेछ ।



About Us
प्रतिक्रिया