काठमाडौं – रंगेली नगरपालिकाले प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहका लागि नेपाली,अंग्रेजी र विज्ञान विषयमा शिक्षक माग गरेको छ।
नगरपालिकाको साउन ६ गतेको निर्णयअनुसार उक्त नगरपालिका अन्तर्गत सञ्चालित सामुदायिक विद्यालयहरूमा विभिन्न तहका शिक्षक दरवन्दी, शिक्षण सहयोगीको तथा बालविकास सहजकर्ता पद रिक्त रहेकोले अर्को व्यवस्था नभएसम्मको लागि करार सेवामा पदपूर्ति गर्न लागिएको हो।
इच्छुक वा योग्यता पुगेकाले साउन २१ गतेसम्म आवेदन दिन सक्ने सुचनामा उल्लेख गरिएको छ ।



About Us
प्रतिक्रिया