बैंकिङ्ग कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ



काठमाडौं – बैंकिङ्ग कसुर मुद्दाका फरार प्रतिवादी नागार्जुन नगरपालिका २ शान्तिनगर चोक बस्ने पर्सा ठोरी गाउँपालिका ४ घर भएका ३७ वर्षीय कृष्ण कुमार श्रेष्ठलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला अदालत काठमाडौंबाट २०८१ माघ १५ गते उक्त मुद्दामा पक्राउ अनुमति प्राप्त भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं शान्तिनगर चोकबाट पक्राउ गरेको हो । 

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त सिंहदरबार पठाइएको प्रहरीले जनाएको छ ।