काठमाडौं – छ्याङ्दी हाइड्रोपावर लिमिटेडले २ लाख ९८ हजार ८३२ कित्ता शेयर लिलाम बिक्रीमा राखेको छ। कम्पनीले गत जेठ २३ देखि असार २७ गतेसम्म हकप्रद शेयर निष्कासन गरेकोमा आवेदन नपरी बाँकी रहेको सो शेयर लिलामी प्रक्रियाबाट सर्वसाधारणमा बिक्री गर्न लागेको हो।
कम्पनीले उक्त शेयर प्रतिकित्ता न्यूनतम मूल्य १०० रुपैयाँ बिक्री गर्ने गरी आवेदन खुलाएको हो। जसमा साउन १४ गतेदेखि २१ गतेसम्म आवेदन दिन सक्नेछन् । आवेदकले कम्तीमा १०० कित्ता र बढीमा १० ले निःशेष भाग जाने गरी वा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
उपत्यकामा हुनेले आवेदन फाराम बिक्री प्रबन्धक रहेको ग्लोबल आइएमई क्यापिटल लिमिटेडको काठमाडौंको नक्सालस्थित कार्यालयबाट प्राप्त गर्न सक्नेछन्।
उपत्यका बाहिर हुनेले ग्लोबल आइएमई बैंकको विर्तामोड, हनुमानदास रोड–विराटनगर, जनकपुर, आदर्श नगर–वीरगन्ज, हेटौँडा, नारायणगढ, न्युरोड–पोखरा, मिलनचोक–बुटवल, बागलुङ, त्रिभुवन चोक–नेपालगन्ज, सुर्खेत, घोराही, धनगढी र महेन्द्रनगर शाखा कार्यालयमध्ये आफूलाई पायक पर्ने शाखाबाट प्राप्त गर्न सक्नेछन्।



About Us
प्रतिक्रिया