‘कन्ट्री पार्टनरसिप स्ट्राटेजी फर नेपाल’ले आर्थिक विकासमा टेवा पुर्याउँदै आइरहेको छ : अर्थमन्त्री पौडेल


काठमाडौं – अर्थमन्त्री विष्णु प्रसाद पौडेलले एसियाली विकास बैंकको ‘कन्ट्री पार्टनरसिप स्ट्राटेजी फर नेपाल’ ले नेपालको आर्थिक विकासमा टेवा पुर्याउने बताएका छन् । एसियाली विकास बैंकको ‘कन्ट्री पार्टनरसिप स्ट्राटेजी फर नेपाल’ कार्यक्रममा अर्थमन्त्री पौडेलले आर्थिक विकासमा यसको महत्वपूर्ण भूमिका रहने उल्लेख गरेका हुन् ।

‘सरकारको १६औं योजनासँग तादम्यता मिलाउँदै तयार गरिएको यस रणनीतिले समावेशी आर्थिक वृद्धि, उत्पादनमूलक रोजगारी वृद्धि, दिगो विकास र जलवायु परिवर्तनलाई सम्बोधन गरेको छ’ उनले भने, ‘यसको लगानीले नीजि क्षेत्रको विस्तार, पर्यटन उद्योगको विस्तारमा जोड दिएको छ । जसले नेपालको आर्थिक संरचनामा उल्लेख्यनीय परिवर्तन ल्याउनेछ ।’

अर्थमन्त्री पौडेलले यस रणनीतिको कार्यान्वयनले युवाहरुका लागी गुणस्तरीय रोजगारी सिर्जना गराउने बताउँदै यसले नेपालको आर्थिक रुपान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा व्यक्त गरे । उनले नेपाल जलवायु परिवर्तनले निकै प्रभावित बनिरहेको समयमा एसियाली विकास बैंकले लिएको रणनीतिले राहत महशुस गर्न सकिएको बताए ।