गुडविल फाइनान्सको संस्थापक शेयर बिक्रीमा


काठमाडौं – गुडविल फाइनान्स लिमिटेडले आजदेखि विद्यमान संस्थापक शेयरधनीहरुका लागि संस्थापक शेयर बिक्रीमा राखेको छ । संस्थाले संस्थापक शेयरधनीको नाममा रहेको १ लाख ३६ हजार ३५७ कित्ता शेयर बिक्रीमा राखेको हो ।

उक्त, शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीले यो सुचना प्रकाशित भएको मितिले ३५ दिनभित्रमा आवेदन दिन सक्नेछन् ।

इच्छुकले संस्थाको प्रधान कार्यालय हात्तिसार काठमाडौंमा आफुले खरिद गर्ने शेयर संख्या खुलाई आवेदन दिनुपर्नेछ । संस्थाले तोकेको समयमा विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन नपरेमा उक्त शेयर सर्वसाधारणमा बिक्री गरिने संस्थाले जनाएको छ ।