राप्ती हाइड्रोको अवितरित ७ लाख ४ हजार कित्ता हकप्रद लिलामीमा राखिने


काठमाडौं – राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनले अवितरित हकप्रद शेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राख्ने भएको छ। सो शेयरमा साउन १३ गतेबाट साउन २० गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ ।

बिक्री हुन बाँकी रहेको कुल ७ लाख ४ हजार १११ कित्ता शेयर बोलकबोल बढाबढ मार्फत बिक्री गर्ने भएको हो ।

सर्वसाधारण समूहतर्फ ५ लाख ६४ हजार १० कित्ता र सर्वसाधारण समुहतर्फको लकइनमा नरहेको साउन ८ गतेसम्म लकइन १ लाख ४० हजार १०१ कित्ता शेयर लिलामी मार्फत बिक्री गर्ने भएको हो ।

बिक्रीमा राखिने शेयरमा इच्छुका जोहीकोही व्यक्ति तथा संस्थाले खरिदका लागि बोलपत्र पेस गर्न सक्नेछन्। शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। यसको अर्थ लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।