काठमाडौं – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी कुवेत पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ललितपुर महालक्ष्मी नगरपालिका– ७ बस्ने झापा शिवसताक्षी नगरपालिका– ८ घर भएका ४२ वर्षीय सन्तोष सुनुवारलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
सन्तोष कुवेत पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ५३ हजार रूपै याँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई ललितपुर महालक्ष्मी नगरपालिका-७ बाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।



About Us
प्रतिक्रिया