वैदेशिक रोजगारीको लागि विभिन्न देशहरूमा पठाइदिन्छु भन्दै १ करोड ४८ लाख ठगी गर्ने चार जना पक्राउ 


काठमाडौं – बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरूमा पठाइदिन्छु भन्दै १ करोड ४८ लाख ठगी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाराको  निजगढ– १२ घर भई भक्तपुर मध्यपुर थिमी– ३ बस्ने राम बहादुर थिङ, चितवनको राप्ती– १ घर भई काठमाडौंको काठमाडौं महानगरपालिका १४ बस्ने प्रेम कृष्ण श्रेष्ठ, सोलुखुम्बुको माप्य दुधकोशी– ४ घर भई काठमाडौं महानगरपालिका २६ बस्ने सबिक राई र ललितपुरको ललितपुर महानगरपालिका– ३ बस्ने मनोज महर्जन रहेका छन् । 

थिङले मलेसिया पठाइदिन्छु भन्दै १ जनासँग ३ लाख ९९ हजार रुपैयाँ, श्रेष्ठले क्रोएसिया पठाइदिन्छु भन्दै १ जनासँग ८ लाख, राईले कतार पठाइदिन्छु भन्दै १० जना जना सँगबाट ३ लाख ५० हजार र महर्जनले क्यानडा पठाइदिन्छु भन्दै १० जना सँग १ करोड ३४ लाख २५ हजार ठगी गरेको प्रहरीले जनाएको छ । 

उनीलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौंमा पठाइएको प्रहरीले बताएको छ  ।