काठमाडौं – अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगले भूमि सुधार तथा मालपोत कार्यालय भक्तपुरका कार्यालय प्रमुख कुमार आचार्यसहित ३ जनालाई २४ लाख ५० हजार घुस रकमसहित पक्राउ गरेको छ ।
भक्तपुर, चाँगुनारायण नगरपालिकामा रहेको १४ रोपनी ४ आना जग्गा मोही र तलसिङको लगत कट्टा गरी सो जग्गा मोहीको नाममा जग्गा धनी प्रमाण पुर्जा बनाउने प्रयोजनार्थ २४ लाख ५० घुस माग गरेको भन्ने सूचनाका आधारमा आयोग , टंगालबाट खटिई गएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
आयोगले भूमि सुधार तथा मालपोत कार्यालय भक्तपुरका कार्यालय प्रमुख कुमार आचार्यको साथबाट मोबाइल डिभाइस- २ थान र भूमिसुधार शाखाका नायब सुब्बा दीपक प्रसाद अधिकारीको साथबाट मोबाइल थान-१ तथा कार्यालय सहयोगी टिकाराम राउतको साथबाट मोबाइल थान-१ सहित २४ लाख ५० हजार समेत बरामद गरिएको आयोगले बताएको हो ।
उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ । ।






About Us
प्रतिक्रिया