लुम्बिनी विकास बैंकको संस्थापक शेयर बिक्रीमा


काठमाडौं – लुम्बिनी विकास बैंकले सर्वसाधारणका लागि संस्थापक शेयर बिक्री खुला गरेको छ । बैंकले म्याक्स भिजन लिमिटेडको नाममा रहेको ३ हजार २७९ कित्ता र अमृता सरावगीको नाममा रहेको १ लाख १ हजार ५३६ कित्ता गरी जम्मा १ लाख ४ हजार ८१५ कित्ता शेयर बिक्रीमा राखेको हो ।

यसअघि बैंकले सो शेयर कम्पनीको विद्यमान संस्थापक शेयरधनीका लागि बिक्रीमा राखिएकोमा कुनै आवेदन नआएपछि सो शेयर कम्पनीले सार्वसाधारणका लागी बिक्रीमा राखेको हो ।

उक्त शेयर खरिद गर्ने इच्छुक व्यक्ति वा संस्थाले आजको मितिले १५ दिन भित्रमा बैंकको मुख्य कार्यालय डिल्लीबजार काठमाडौंमा आफुले खरिद गर्ने चाहेको शेयर संख्या खुलाई आवेदन दिन सक्ने कम्पनीले जनाएको छ  ।