कौडा खेलिरहेको अवस्थामा ११ जना पक्राउ, ५ लाख १९ हजार नगद बरामद


काठमाडौं – जुवा (कौडा) खेलिरहेको अवस्थामा ११ जना व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेको छ । ललितपुरको ललितपुर  महानगरपालिका– १६ कोणवहाल स्थित प्रेम महर्जनको घरको तेस्रो तल्लामा जुवा (कौडा) खेलिरहेका छन् भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी परिसर, ललितपुरबाट खटिएका प्रहरीको टोलीले  उनीहरूलाई पक्राउ गरेको हो । 

उनीहरूले उक्त स्थानमा आ–आफ्नो अगाडी रकम राखी रकमको हारजित हुने गरी जुवा (कौडा) खेलीरहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उनीहरूलाई खानतलासी गर्दा उक्त स्थानमा रहेका कौडा र नगद ५ लाख १९ हजार बरामद गरिएको प्रहरीले जनाएको छ । 

पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका– ६ घर भई हाल ललितपुरको  ललितपुर महानगरपालिका– १६ कोनवहाल बस्ने वर्ष ५२ को प्रेम महर्जन (घरधनी) , ललितपुरको महालक्ष्मी नगरपालिका– ४ ईमाडोल बस्ने वर्ष ४८ को रबिन्द्र दहाल, ललितपुरको ललितपुर महानगरपालिका– ८ बस्ने वर्ष ४७ को शंखर माली, ललितपुरको ललितपुर महानगरपालिका– ११ बस्ने वर्ष ६९ को चौठीमुनी बज्राचार्य, खोटाङको केपिलाशगढी गाउँपालिका– १ घर भई हाल ललितपुरको ललितपुर महानगरपालिका– ४ एकान्तकुना बस्ने वर्ष २२ को पुर्वा शेर्पा,  दोलखा जिल्ला बैतेश्वर– १ घर भई हाल ललितपुरको ललितपुर महानगरपालिका– २५ भैसेपाटी बस्ने वर्ष ३६ को कल्याण तामाङ, काभ्रेपालाञ्चोकको मण्डनदेउपुर नगरपालिका वडा– ५ घर भई हाल काठमाडौंको गोकर्णेश्वर– ५ बस्ने वर्ष ४५ को केशव नेपाल, चितवनको  रत्ननगर नगरपालिका– १५ घर भई हाल ललितपुरको ललितपुर महानगरपालिका– १७ ग्वार्को बस्ने वर्ष ५० को विर बहादुर वाईवा,  ललितपुरको ललितपुर महानगरपालिका– ११ बस्ने वर्ष ५६ दिलेक बज्राचार्य,  काठमाडौंको गोकर्णेश्वर– ५ बस्ने वर्ष ५१ को गोकुल प्रसाद चौलागाई र काठमाडौंको बुढानिलकाण्ठ नगरपालिका– ११ बस्ने वर्ष ४८ की लक्ष्मी सुब्बा रहेका छन् ।