काठमाडौं– घुस ‘डिल’ प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएसँगै नखाएको विष लागेको बताएका छन् । मंगलबार बिहान संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री पदबाट राजीनामा दिएका गुप्ताले नखाएको विष लागेको बताएका हुन् ।
उनले फेसबुकमा लेखेका छन्ः
विगत केही दिनअघि देखि निरन्तर मेरो नाम घुस डिलसँगै जोडेर प्रचारमा आएको कुरा सबैलाइ विदितै छ। कहिलेकाहीँ नखाएको विष पनि लाग्दोरहेछ। म अहिले त्यसैको सिकार भएँ। अब लागेका आरोप अनुसन्धान गरी सत्यतथ्य कुरा बाहिर ल्याउन सहयोग पुगोस् भनेर सम्माननीय प्रधानमन्त्रीसमक्ष सामान्य प्रशासन मन्त्री पदबाट राजीनामा गरेको छु। प्रविधिको उच्चतम प्रयोगको सिकार अब अरू कोही पनि नबनुन् भन्ने अपेक्षा गर्दै आजसम्म विभिन्न रूपले आफूलाई सहयोग गर्नुहुनेहरूलाइ हार्दिक धन्यवाद व्यक्त गर्दछु। अब फेरि एकपटक देश र जनताप्रति थप जिम्मेवारी बोधका साथ पार्टीले दिएको जिम्मेवारी इमान र निष्ठाका साथ पूरा गर्ने प्रतिबद्धताको साथ जनताको घरदैलोमा आउने प्रण गर्दछु।’



About Us
प्रतिक्रिया