काठमाडौं– नेपालको अग्रणी डिजिटल भुक्तानी सञ्जाल फोनपेले क्षेत्रीय वित्तीय समावेशीताको दिशामा एक ऐतिहासिक उपलब्धि हासिल गरेको छ—फोनपे नेटवर्कमार्फत प्रशोधित क्रस-बोर्डर युपिआइ ट्रान्जेक्सनहरू अब १० लाख नाघेका छन्।यो उपलब्धिले भारतीय प्रयोगकर्ताहरूका लागि नेपालमा सुरक्षित, सहज र वास्तविक समयमा भुक्तानी गर्न सकिने सुविधालाई नयाँ उचाइमा पुर्याएको छ।
भारतीय पर्यटकहरूले नेपालमा क्रस-बोर्डर भुक्तानी गर्दा डिजिटल भुक्तानी प्रविधिको तीव्र अपनत्व देखिएको छ। अझ बढी भारतीय ग्राहकहरू युपिआइ सक्षम एप्स प्रयोग गरी फोनपे QR स्क्यान गरेर सहज रूपमा भुक्तानी गर्न थालेका छन्। यस अन्तरसञ्चालनीय प्रणालीको सफलताले क्रस-बोर्डर यात्रा, व्यापार र व्यक्तिगत खर्चमा डिजिटल विकल्पप्रतिको बढ्दो विश्वास झल्काउँछ।
‘भारतीय ग्राहकहरू फोनपे नेटवर्कमार्फत भुक्तानी गर्न कति सहज र आत्मविश्वासी महसुस गर्छन् भन्ने कुराको यो उपलब्धिले प्रस्ट संकेत गर्छ,’ फोनपेका सि.इ.ओ. दिवश सापकोटा भन्छन्।‘
प्रमुख उपलब्धिहरू संक्षेपमा:
- कुल युपिआइ ट्रान्जेक्सन संख्या:१० लाख+
- कुल युपिआइ कारोबार रकम:२ अर्ब रुपैयाँ+
- भौगोलिक पहुँच:७७ जिल्ला (१००%)
- व्यापारी पहुँच:देशभर १ लाख+ व्यापारी
शीर्ष व्यापारी वर्गहरू:
- खानपिन स्थल र रेस्टुरेन्ट
- किराना पसल
- होटल तथा रिसोर्ट
शीर्ष प्रदर्शन गरेका जिल्ला:
- काठमाडौं
- कास्की
- कैलाली
फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवश कुमार भन्छन् ‘१० लाख युपिआइ कारोबार पार गर्नु भनेको नेपालमा भारतीय ग्राहकहरूद्वारा डिजिटल भुक्तानीप्रति देखाइएको विश्वास र अपनत्वको प्रमाण हो। यस माइलस्टोनले भारतीय ग्राहकहरूले फोनपे नेटवर्कप्रति कस्तो सहजता र आत्मविश्वासका साथ भुक्तानी गरिरहेका छन् भन्ने स्पष्ट देखाउँछ। यसले हाम्रो नेटवर्कप्रति राखिएको विश्वास मात्र होइन, सम्पूर्ण क्षेत्रीय डिजिटल अर्थतन्त्रको एकीकृत भविष्यप्रति हाम्रो प्रतिबद्धतालाई पनि पुष्टि गर्छ।’
युपिआइ कारोबारमा आएको वृद्धिको मुख्य कारणहरूमा व्यापारीहरूमाझ बढ्दो स्वीकार्यता, नेपाल भ्रमणमा आउने पर्यटकहरूको वृद्धिदर, र अन्तरसञ्चालनीय QR भुक्तानी प्रणालीको सहजता पर्दछ। फोनपेले डिजिटल नवप्रवर्तनलाई अगाडि बढाउँदै गर्दा छिट्टै क्रस-बोर्डर भुक्तानी सुविधाहरू र प्रयोगकर्ताको अनुभवमा थप सुधार ल्याउने योजना अगाडि बढाउँदै छ।






About Us
प्रतिक्रिया