काठमाडौं – सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले हकप्रद शेयरमा आवेदन दिने मिति थपेको छ । कम्पनीले हकप्रद शेयरमा आवेदन दिने मिति वैशाख ३० गतेदेखि जेठ १९ गतेसम्मका लागि तय गरेकोमा असार ३ गतेसम्म थपेको हो।
कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ ०.२७ कित्ता अनुपातमा हकप्रद शेयर निष्कासन गरेको हो। कम्पनीले १ अर्ब ६ करोड ९६ लाख ३२ हजार रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ करोड ६ लाख ९६ हजार बराबरको कित्ता हकप्रद शेयर निष्कासन गरेको छ।
कम्पनीले उक्त शेयरमा वैशाख ३० गतेदेखि जेठ १९ गतेसम्मको लागि आवेदन खुलाएको थियो। जसमा मागबमोजिम आवेदन प्राप्त नभएकोले म्याद थप गरेकाे हाे। कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ।





About Us
प्रतिक्रिया