प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा 


काठमाडौं – प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले विद्यमान संस्थापक शेयरधनीहरुका लागि शेयर बिक्री खुला गरेको छ ।  इन्स्योरेन्सले ३ जना संस्थापक शेयरधनीको नाममा रहेको शेयर बिक्री खुला गरेको हो ।

कम्पनीले श्रीचन्द्र भट्टको नाममा रहेको २२ हजार कित्ता शेयर, लजना श्रेष्ठको नाममा रहेको १० हजार कित्ता र सुदर्शन राज पाण्डेको नाममा रहेको ३ हजार ६ सय ७४ कित्ता शेयर बिक्रीमा राखेको छ । 

उक्त शेयर खरिद गर्न इच्छुक  संस्थापक शेयरधनीहरुले यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्रमा आवेदन दिन सक्नेछन् । शेयर खरिदका लागि यस संस्थाको केन्द्रीय कार्यालय कमलादी काठमाडौंमा आफूले खरिद गर्ने कित्ता संख्या खुलाई आवेदन दिन सकिनेछ।