जेठसम्म मुलुकको आर्थिक अवस्थाः ब्यापार घाटा १६ प्रतिशतले घट्यो, रेमिट्यान्समा ३ प्रतिशतको कमी

बैकिङ्ग समाचार ।  
राष्ट्र बैंकले गत आर्थिक वर्षको ११ महिनाको वित्तीय स्थिति सार्वजनिक गरेको छ।

साउनदेखि जेठ मसान्तसम्मको मुलुकको वित्तीय स्थितिअनुसार ब्यापार घाटा १६ प्रतिशतले घटेको छ। लकडाउनका कारण मुख्य बस्तुको आयात ठप्प हुँदा ब्यापार घाटामा कमी आएको बैंकले औंल्याएको छ।

समग्रमा मुलुकको व्यापार घाटा १६.४ प्रतिशतले संकुचन आएको छ। एघार महिनामा मुलुकको व्यापार घाटा १० खर्ब १२ अर्ब ८१ करोड रहेको राष्ट्र बैंकले जनाएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १७.२ प्रतिशतले वृद्धि भएको थियो।

यस अवधिमा ८८ अर्ब रुपैयाँको सामान भारतसहित अन्य मुलुकमा निर्यात भएको छ भने ११ खर्ब ८१ करोडको आयात भएको छ। एघार महिनाको समीक्षा अवधिमा वस्तु आयात १५.३ प्रतिशतले घटेको हो भने निर्यात ०. २ प्रतिशतले मात्रै बढेको हो।

वस्तुगत आधारमा पाम तेल, आयुर्वेदिक औषधि, जडिबुटी, प्लाष्टिकका भाँडा, एम.एस. पाइप लगायतको निर्यात बढेको छ भने जस्तापाता, तार, पोलिस्टर यार्न तथा धागो, ऊनी गलैंचा, तयारी पोशाक लगायतका वस्तुको निर्यात घटेको छ।

त्यस्तै कच्चा पाम तेल, कच्चा सोयाविन तेल, रासायनिक मल, कम्प्युटर तथा पार्टपुर्जा, खाने तेल लगायतका वस्तुको आयात बढेको छ भने सुन, एम.एस. बिलेट, पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुर्जा, अन्य मेशीनरी तथा पार्टपुर्जा लगायतका वस्तुको आयात घटेको छ।

जेठ महिनासम्ममा नेपालमा ७ खर्ब ७४ अर्ब रुपैयाँ रेमिटेन्स आएको छ । अघिल्लो वर्षको बैशाख महिनासम्मको तुलनामा यो ३ प्रतिशतले कमी हो ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १७.५ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ५.१ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आप्रवाह ८.१ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या १२.४ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३५.७ प्रतिशतले घटेको थियो ।

वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ३१.१ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ५.४ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर आयमा ३.६ प्रतिशतले कमी आई ८७२ अर्ब ७८ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १६.६ प्रतिशतले बढेको थियो ।

रेमिट्यान्समा ३ प्रतिशतको कमी