भारतमा जीवन बीमा क्षेत्र १० प्रतिशतले बढ्ने अनुमान, जापानलाई उछिन्न सम्भव छ ?



काठमाडौं – भारतको जीवन बीमा बजार आगामी दश वर्षमा १०.५ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ । एलियान्ज ग्लोबल इन्स्योरेन्सको प्रतिवेदनअनुसार जुन विश्वको औसत ५ प्रतिशतको तुलनामा बढी हो । भारतमा जीवन बीमाको वृद्धिको अपेक्षा यसरी बढ्नुमा भारतीय अर्थतन्त्रमा बढ्दो आर्थिक गतिविधि र सरकारको बीमालाई प्रोत्साहन गर्ने नीतिहरू प्रमुख पक्ष हो ।

प्रतिवेदनले अधिकांश वृद्धि बीमामध्येको पनि जीवन बीमा क्षेत्रमा हुने उल्लेख गरेको छ । प्रतिवेदनमा चीन ७.८ प्रतिवर्षले क्षेत्रमा पूर्ण रूपमा प्रभुत्व कायम राख्नेको उल्लेख गरिएको छ । तर, आगामी दशकमा वास्तविक वृद्धि भारतले १०.५ प्रतिवर्ष हुने सम्भावना छ। फलस्वरूप, भारतीय जीवन बीमा बजारले जापानलाई उछिनेर दोस्रो ठूलो बजार बन्ने सम्भावना रहेको अनुमान गरिएको छ ।

सरकारले २०१९ –२० देखि २०२१–२२ सम्म ‘पीएसजीआईसी’ हरूमा सुधार गर्न, दक्षता सुधार गर्न र नाफा वृद्धि गर्न १ खर्ब ७४ अर्ब ५० करोड लगानी गरेको छ।