काठमाडौं – हिमालयन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८०।८१ का लागि वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनी सञ्चालक समितिको आज बिहान बसेको बैठकबाट उक्त निर्णय गरेको हो।
जसअनुसार कम्पनीले हाल कायम चुक्तापुँजी ९ अर्ब १४ करोड ३२ लाख ३७ हजार ३०६ रुपैयाँको ८ प्रतिशतले हुन आउने ७३ करोड १४ लाख ५८ हजार ९८४.४८ रुपैयाँ बराबरको नगद लाभांश करसहित वितरणा गर्ने प्रस्ताव गरेको छ।
घोषित लाभांश नेपाल बीमा प्राधिकरणले स्वीकृत गरी कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीमा वितरण हुनेछ।





About Us
प्रतिक्रिया