‘बीमा क्षेत्रको पारदर्शिता, जबाफदेहिता तथा नीति निर्माणका लागि ‘बीमा प्रतिविम्ब’ प्रकाशन सुरु गरिएको हो ’


नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रका मुख्य मुख्य तथ्याङ्कको विश्लेषणसहितको मासिक तथ्याङ्क संस्करण ‘बीमा प्रतिविम्ब’ को प्रकाशन सुरु गरेको छ । बीमा कम्पनीको वित्तीय अवस्था, बीमा पहुँच, बीमा दाबी, दाबी फर्छ्यौट, बीमा लेख संख्या, बीमा शुल्क सङ्कलन लगायत बीमा क्षेत्रका प्रमुख सूचकको अध्ययन गरी विश्लेषणात्मक तथ्याङ्क संस्करण मासिक रूपमा प्रकाशन गर्न सुरु गरिएको हो। 

तथ्याकं हामीले पहिला पनि प्रकाशित गर्ने गरेका थियौँ । अहिले मासिक रूपमा पनि तथ्याङ्क निकाल्ने अभ्यास सुरुवात गरेका हौँ । यो हाम्रो नयाँ अध्यक्षको नेतृत्वमा भएको निर्णय हो । डाटा मासिक रूपमा निकालेर राख्दा अझै प्रभावकारी हुने हुँदा यो व्यवस्था गरिएको हो । यो सुरुवात मात्रै हो, यसलाई प्रभावकारी बनाउनको लागि अङ्ग्रेजीमा पनि राख्ने व्यवस्था गर्नेछौँ ।

यो व्यवस्थाले प्राधिकरणको काममा सहयोग पुग्छ। बीमा बजारको अवस्था के रहेछ भन्नेमा पनि जानकारी हुन्छ । बिमित बीमक र हामी सबै सरोकारवालाहरूको लागि पनि बीमा बजारको सबै सुचाकं प्राप्त गर्न सहज पुग्छ । सबै सूचाकंहरु एकमुष्ट मासिक रूपमा आयो भने सबै लगानीकर्ताहरूको लागि पनि सहयोग पुग्छ । 

अहिले हामीहरुले प्राप्ट डेटाहरुबाट नै गरेको हो । सबै डिपार्टमेन्टहरु छन् जसले सबै डाटाहरुको सकंलन गर्नुहुन्छ । हामीहरुले सबै बीमा कम्पनीहरूमा डाटा माग्दा प्राप्त गर्न गाह्रो भन्ने हुँदैन । सबै बीमा कम्पनीहरूले पनि काम गर्न सहज हुन्छ । 

बीमा कम्पनीहरुले पहिला पनि डेटा उपलब्ध गराउनू हुन्थ्यो । मासिक रूपमा पनि हामीले केही डेटा प्रकाशन गर्ने गरेका थियौँ। अहिले विश्‍लेषणात्मक रूपमा डेटाहरु राख्ने तयारी भएको हो । सबै वित्तीय कारोबार, उजुरी, व्यवसाय, दावीको तथ्याङ्कलाई थप व्यवस्थित बनाएर प्रकाशन गर्न खोजिएको हो । वित्तीय कारोबार गर्ने सबै क्षेत्र पूर्ण रूपमा सन्तुष्टि हुने भन्ने हुँदैन । विकास भनेको बिस्तारै हुँदै जाने कुरा हो । हरेक समयमा फरक फरक व्यवस्था हुँदै जाने हो । समय अनुसार यस्ता व्यवस्थाले सबै कामकाज गर्न सहज हुन्छ ।