काठमाडौं – भारतकाे करिब आधा सवारी साधनहरू अझै बीमाविहीन रहेका छन् । भारतको सडकमा गुड्ने करिब ४८ प्रतिशत सवारी साधनले बीमा नगरेकाे पाइएकाे हाे । जसले दुर्घटना पीडितहरू र समग्र बीमा प्रणालीमा ठुलो जोखिम उत्पन्न गर्छ । ५२ प्रतिशत सवारी साधनहरू बीमाको घेरामा छन् । भारतमा तेस्रो पक्ष मोटर बीमा प्रिमियममा संशोधन गरिएको छैन। जुन पाँच छ वर्षदेखि अद्यावधिक गरिएको छैन ।
सन् २०१८ मा, सर्वोच्च अदालतले बीमा विहीन सवारी साधनहरूको समस्यालाई नियन्त्रण गर्न नयाँ सवारी साधनहरूका लागि दीर्घकालीन तेस्रो पक्ष बीमा अनिवार्य गरेको थियो । बीमा नियामक र विकास प्राधिकरणले नयाँ कारहरूका लागि तीन वर्ष र दुई पाङ्ग्रे सवारी साधनहरूका लागि पाँच वर्षको तेस्रो पक्ष बीमा अनिवार्य गर्ने नियमहरू लागू गर्यो । तर, मोटर बीमा पोलिसीहरूको संख्या अझैपनि कुल सवारी साधन दर्ताको तुलनामा पछाडि छ ।
श्रोत: द इकोनोमिक टाइम्स



About Us
प्रतिक्रिया