काठमाडौं – सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले विद्यामान संस्थापक शेयरधनीहरूका लागि शेयर बिक्री खुला गरेको छ । कम्पनीले ४ लाख ८२ हजार २ सय ७६ कित्ता शेयर बिक्रीमा राखेको हो ।
उक्त शेयर खरिद गर्ने इच्छुक कम्पनीका संस्थापक शेयरधनीहरूले यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्रमा आवेदन दिन सक्नेछन्। आवेदन दिनका लागि कम्पनीको केन्द्रीय कार्यालय सुरक्षा भवन, भगवती मार्ग, नक्साल काठमाडौंबाट आफूले खरिद गर्ने कित्ता सङ्ख्या खुलाई आवेदन दिन सकिने छ।





About Us
प्रतिक्रिया