नेपाल इन्स्योरेन्सको अध्यक्षमा चन्द्र सिंह साउद



काठमाडौं – नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा चन्द्र सिंह साउद नियुक्त भएका छन्। कम्पनीको जेठ १२ गते बसेको सञ्चालक समितिको १३ औं बैंठकको निर्णयअनुसार साउद सो पदमा नियुक्त भएका हुन् । बैठकले रिक्त सञ्चालक पदमा संस्थापक शेयरधनी नेपाल बैंकको तर्फबाट समता पन्तलाई कम्पनीको सञ्चालक समितिमा प्रतिनिधित्व मनोनयन गरेको जानकारी दिएको छ।